मे दिवसको क्रान्तिकारी परम्परालाई अगाडी बढाऔं

  • नारायण सापकोटा

‘मे दिवस’ मजदुर वर्गको जुझारु संघर्ष, बलिदान र विजयको प्रतिकको दिन हो । त्यसकारण यसलाई संसारभर ‘महान पर्वका’ रुपमा मनाउने प्रचलन छ । मे दिवस ८ घण्टे कार्य दिनको मागसँग सम्बन्धित छ  ८ घण्टा कार्यदिनको माग राखी सन् १८८६ मे १ मा अमेरिकाको सिकागो सहरमा मजदुरहरुले हड्ताल र प्रदर्शन शुरु गरे । हजारौं मजदुरहरु प्रदर्शनमा सहभागी भए । हड्ताल दोस्रो दिन पनि जारी रह्यो र सहभागीको संख्या बृद्धि हुँदै गयो । मे ३ को हड्तालमाथि सरकारले दमन ग¥यो, गोली चलायो, केही हड्ताली मजदुहरु शहिद भए । मे ३ को आन्दोलनमाथि भएको दमन र हत्याको विरोधमा मे ४ मा सिकागोको हे मार्केटमा विरोध सभाको आयोजना गरियो । लाखौं मजदुरहरुले प्रदर्शनमा सहभागीता जनाए, उक्त शान्तिपूर्ण सभामाथि सरकारले बर्बर दमन ग¥यो, गोली बर्सायो, केही मजदुरहरुको शहादत भयो, दर्जनौं घाइते भए । सिकागोको सडक श्रमिकको रगतले रक्तम्मे भयो । दमनको प्रतिरोध गर्दै आन्दोलन अगाडि बढ्यो । आन्दोलन अमेरिकाका अन्य शहरहरुमा समेत फैंलिदै विश्वव्यापी बन्यो । अमेरिकी तानाशाही सरकारले ४ जना मजदुर नेताहरुलाई फाँसी  सजाय दियो । तर आन्दोलन रोकिएन । ८ घण्टे कार्यदिनको आन्दोलनमा भएको बलिदानीलाई सम्मान गर्न, त्यसलाई अगाडि बढाउने प्रण सहित सन् १८८९ मा भएको समाजवादीहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनले १ मे लाई प्रदर्शनसहित पर्वको रुपमा मनाउने निर्णय ग¥यो । तत्पश्चात १८९० को मे १ देखि विश्वव्यापी रुपमा मे दिवस मनाउन शुरु भयो । ८ घण्टे कार्यदिनको माग सहित शुरु भएको मे आन्दोलनको ७ वर्षपछि अमेरिकी सरकार ८ घण्टा कार्य दिनलाई कानुनी मान्यता दिन बाध्य भयो । तत्पश्चात्  विश्वका अन्य देशहरुमा पनि मजदुर आन्दोलन अगाडि बढ्यो र ८ घण्टाको मागले कानुनी मान्यता प्राप्त ग¥यो । यसरी १६–१८ घण्टाको पीडादायी र अनिश्चित कार्य दिनलाई घटाएर ८ घण्टा कार्य दिन बनाउन शुरु भएको मजदुर वर्गको बलिदानी संघर्ष, एकता र विजयको प्रतिकको दिन हो मे १ । यस दिनले मजदुर वर्गको मुक्तिको लागि निरन्तर स ंघर्ष गर्न प्रेरणा दिइरहेको छ ।

पुँँजीवादी शोषण विरुद्ध शुरुदेखि नै विभिन्न रुपमा मजदुर आन्दोलनहरु चले पनि सन् १८४८ को कम्युनिस्ट घोषणापत्रले यसलाई सही दिशा निर्देश ग¥यो । बेलायतको लडाकुहरुको (लुडाइट) आन्दोलन, पेरीस कम्युन, अमेरिकी शहर सिकागोको मे आन्दोलन हुँदै सन् १९१७ को महान ‘अक्टोबर क्रान्ति’ मजदुर वगृको जुझारु संघर्षका ऐतिहासिक रुपहरु हुन् । अक्टोबर क्रान्तिले मजदुर वर्गलाई पहिलो पटक सत्ताको मालिक बनायो । विश्व राजनीतिक रंगमञ्चमा एक नयाँ व्यवस्था कायम भयो । जसले सर्वहारा वर्गीय मजदुर आन्दोलनलाई नयाँ प्रेरणा प्रदान ग¥यो । सोभियत संघ विश्व मजदुर अन्दोलनको नेता बन्यो । त्यही प्रेरणाले दोस्रो विश्व युद्ध पश्चात् विश्वका कैयौं मुलुकहरुमा समाजवादी सत्ता स्थापना भए । समाजवादले पुँजीवाद र साम्राज्यवादलाई सिधा टक्कर दिने अवस्था सिर्जना भयो ।

सोभियत सत्ताको नेतृत्व संशोधनवादीहरुको हातमा पुगेपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन एवं मजदुर आन्दोलनमा त्यसको असर प¥यो । अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा तीब्र दुई लाइन संघर्ष शुरु भयो । क. माओले क्रान्तिकारी लाइनको नेतृत्व गर्नुभयो । शोभियत सत्ताभित्र जन्मिएको नयाँ वर्गलाई चिन्न नसक्नु तथा नेतृत्व प्रति कार्यकर्ताको आलोचनात्मक चेतको अभावमा फाँसिवाद र साम्राज्यवादलाई हराउन सफल सोभियत सत्ता सजिलै विघटन हुन पुग्यो । दोस्रो विश्व युद्धमा लालसेनाको विरता देखेपछि पुँजीवादी÷साम्राज्यवादीहरु मजदुर आन्दोलनभित्र घुसपैठ गरी नेताहरुलाई किन्ने र आन्दोलनलाई विभाजित गर्न उद्दत भए भने संशोधनवादीहरु आन्दोलनलाई अर्थवाद, टे«ड युनियनवादमा कैद गरी पुँजीपति वर्गको सेवामा लगाउन थाले । सोभियत सत्ताको विघटनपछि अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा केही मन्दी आएपनि त्यो रोकिएन, अगाडि बढ्दै गयो । पुँजीवादीहरु इतिहासको अन्त्य भनेर घोषणा गरेपनि पुँजीवादको संकटले आन्दोलन नयाँ रुपमा अगाडि बढ्न थाल्यो । साम्राज्यवादको केन्द्र अमेरिकाको वाल स्ट्रिट आन्दोलन (१ का विरुद्ध ९९ प्रतिशत भन्ने नारा) लण्डनका मजदुरहरुको आन्दोलन, फ्रान्सको थ्भििय खभकत आन्दोलन, स्पेन र ग्रीसको मजदुर आन्दोलन, अफ्रिकी महादेशको मजदुर आन्दोलन तथा एसियाका विभिन्न देशमा भएका मजदुर आन्दोलन तथा विद्रोहहरु नयाँ रुपमा अगाडि बढेका छन् । ती आन्दोलन भित्र भावी समाजवाद सत्ताका भू्रणहरु विद्यमान छन् । आज साम्राज्यवादी शक्तिहरुले आर्थिक संकट टार्नका लागि कमजोर देशमाथि थोपरिएको युद्धका कारण लाखौं मानिसको अकाल मृत्यु भएको छ, लाखौं घाइते र अपांग बनेका छन् भने करोडौं शरणार्थी बन्न विवश छन् । विश्वमा बेरोजगारी बढेर गएको छ । धनी र गरिब बीचको खाडल बढेर गएको छ । साम्राज्यवादी शक्ति बीचको अन्तरविरोध, साम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको अन्तरविरोध तीब्र बन्दै गइरहेको छ । विश्वको सम्पत्ति सीमित व्यक्तिको हातमा केन्द्रित भएको छ । पर्यावरण विनास भइरहेको छ । विश्वका करोडौं मानिस र श्रमिक वर्ग रोग, भोक, अभावबाट मुक्ति पाउन संघर्षरत छन् । उपरोक्त कारणहरुले गर्दा विश्वमा समाजवादी क्रान्तिको लागि आधार तयार बन्दै गएको छ । पुँजीवाद आफूभित्र बारम्बार आउने संकट टार्न असफल बन्दै गएको छ । त्यसककारण पुँजीवाद÷साम्राज्यवादको पतन र समाजवादको विजय अवश्यमभावी छ। त्यही क्रान्तिकारी आशा र उर्जा सहित अन्तर्राष्ट्रिय मजदुर आन्दोलन अगाडि बढाउनु पर्दछ ।

संसारलाई विकास र समृद्धिको आजको अवस्थामा पु¥याउने मुख्य चालक शक्ति मजदुर वर्ग हो । उनीहरको रगत पसिनामाथि सीमित व्यक्तिहरुको मनपरी चलेको छ । यो उल्टो चलन फेर्नलाइई क्रान्तिकारी मजदुर आन्दोलन अपरिहार्य बनेको छ । त्यसको लागि मजदुरवर्गको संगठनलाई शसक्त र प्रभावकारी बनाउनु पर्दछ । अन्तर्राष्ट्रिय ऐक्यबद्धता सुदृढ गर्नुपर्दछ । लेनिनले भने झैं हामी टे«ड युनियनलाई “शैक्षिक संगठन, प्रशिक्षण स्थल र साम्यवादको पाठशाला” बनाउनु पर्दछ । मजदुर संगठनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग अन्तरसम्बन्धित गरेर अगाडि बढाउनु पर्दछ । किनकि कम्युनिस्ट पार्टी अर्थात् मजदुर वर्गको राजनीतिक पार्टीले मात्र सर्वहारावर्ग र सम्पूर्ण श्रमजीवी जनसमुहको एक अग्रदस्तालाई एकजुट गर्न , तालिम गर्न र संगठित गर्न सक्षम हुन्छ । पार्टी निर्देशनले टे«ड युनियनलाई वर्गसंघर्ष र समाजको प्रगतिशील रुपान्तरणको स्पष्ट शिक्षाा प्रदान गर्दछ । टे«ड युनियन आन्दोलनको सफलताको निम्ति यसलाई श्रमजीवी ÷प्रगतिशील जनताका अन्य तप्कासँग एकाकार गर्नुपर्दछ । टे«ड युनियनको उद्देश्य पुँजीवादी, असमानता र शोषणको अन्त्य गर्नु, मजदुरवर्गलाई सत्ताको मालिक बनाउने र अन्तमा वर्गविहीन र शोषणविहीन समाजको निर्माण गर्नु हो । यही दृष्टिकोणको आलोकमा हामीले  मजदुर संगठन निर्माण गर्नुपर्दछ ।

नेपालको इतिहासमा २००३ सालमा विराटनगर जुट मिलमा भएको आन्दोलन पहिलो मजदुर आन्दोलन थियो । त्यसपछि विभिन्न रुपमा मजदुर आन्दोलन लगातार अगाडि बढेको छ । नेपालका हरेक राजनीतिक परिवर्तनका आन्दोलनहरुमा पनि मजदुर वर्गको महत्वपूर्ण भूमिका रहने गरेको छ ।

२०६२–६३को परिवर्तन पछि यहाँको मजदुर आन्दोलनको मुख्य हिस्सा सत्ताको सहयोगी र दलाल तथा नोकरशाही पुँजीपति वर्गको साझेदार जस्तो बनेको छ । फलस्वरुप कैयौं मजदुर विरोधी ऐन, कानुनहरु निर्माण गरिएका छन् जबकि २०६३ का परिवर्तन पछि संसदमा आफूलाई ‘कम्युनिस्ट’ भन्नेहरुको बाहुल्यता रहँदै आएको छ । उनीहरुले नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो भनेर मजदुर आन्दोलनमाथि गम्भीर विश्वासघात गरिरहेको छ । अहिले पनि नेपाली श्रमिकहरुले समान कामको समान ज्याला पाएका छैनन्, जिउन योग्य तलब छैन, टे«ड युनियन अधिकारबाट बञ्चित छन् । स्थायी नियुक्ति छैन । नीति निर्माण तहमा मदजुर वगएको प्रतिनिधित्व छैन । कार्यस्थलबाट मतदान गर्न पाउने अधिकारबाट बञ्चित  गरिएको छ । सामाजिक सुरक्षा नाम मात्रको छ । अनौपचारिक र असंगठित क्षेत्रका श्रमिक न्यूनतम ज्याला र सामाजिक सुरक्षाबाट बञ्चित छन् । ठेक्का प्रथा कायम छ । ‘हायर एण्ड फायर’ लागु गरिएको छ । देशमा रोजगारीको अभावमा लाखौं युवाहरु सस्तो तलवमा विदेशमा काम गर्न बाध्य छन् । उनीहरु आप्रवासी श्रमिकले पाउनुपर्ने न्यूनतम अधिकारबाट समेत बञ्चित छन् । बेरोजगारी युवाहरुको विवशतामा मानव तस्करहरुको रजाइँ छ । आज नेपालका श्रमिककहरु विरामी हुँदा उपचार गर्न नसक्ने, बालबच्चालाई शिक्षा दिन नसक्ने, दैनिक चुल्हो बाल्न समेत कठिन हुने, एउटा सुरक्षित बासको अभाव, त्यसमाथि सामाजिक अपमान र पीडामा बाँच्न बाध्य छन् ।  कोरोना महामारीले त श्रमिकलाइइृ झनै पीडा थपिदिएको छ । श्रमिक वर्ग र निम्न आए भएका जनताका समस्याप्रति सरकार र ठूला टे«ड युनियनहरु बेखबर छन् भने क्रान्तिकारी टे«ड युनियनहरुको भूमिका पनि प्रभावकारी हुन सकेको छैन । यद्यपि विगत केही वर्षदेखि प्रगतिशील तथा क्रान्तिकारी टे«ड युनियनहरुले श्रमिकका समस्या समाधानका लागि संयुक्त रुपमा आवाज उठाउने प्रयासहरु गरेका छन् । आगामी दिनमा क्रान्तिकारी मजदुरवर्गको संगठनलाई सशक्त बनाउने, विचार मिल्ने शक्तिहरु बीच एकता, प्रगतिशील शक्तिबीच व्यापक मोर्चाबन्दी गर्दै मजदुर वर्गका तत्कालिन समस्या समाधान गर्न शक्तिशाली आन्दोलन अगाडि बढाएर श्रमिकको विश्वास जित्दै, आमूल परिवर्तनको आन्दोलनलाई अगाडि बढाउनु आवश्यक छ । २०४८ पछि अपनाइएको उदार अर्थनीतिका कारण देशको अर्थतन्त्र परनिर्भर बन्दै गएर अहिले संकटतर्फ उन्मुख भएको छ । यो संकटको समाधान विद्यमान अर्धसामन्ती र अर्ध औपनिवेशिक व्यवस्थाको अन्त्य र जनवादी व्यवस्थाको स्थापनाले मात्र गर्न सक्नेछ । त्यसकारण नेपालको मजदुर कम्युनिस्ट आन्दोलनलाई त्यस दिशामा केन्द्रित गर्नु आवश्यक छ । १३३ औं मे दिवसले त्यस दिशामा थोरै भएपनि योगदान पु¥याउने छ भन्ने विश्वास लिएको छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित